धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोध गरिरहेका धरानका सामाजिक अभियन्ता हर्क साम्पाङसहित ५ जना पक्राउ परेका छन् ।

दिउँसो १ बजेदेखि धरानको भानुचोकमा पम्प्लेटसहित शान्तिपुर्ण प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हर्क साम्पाङसहित सरोज चौलागाई, सुवास वर्देवा, रविन राई र इमान राई रहेका छन् । उनीहरुलाई नेवि संघका नेता, कार्यकर्ताहरुसँगै इलाका प्रहरी कार्यालयको कभर्ड हलमा राखिएको छ ।

भारतले सिमा अतिक्रमण गरेको, नेपाली भुमी रक्षामा सरकारले लापरवाही गरेको र मौनता साधेको भन्दै विरोधमा उत्रिएको साम्पाङले बताए । उनी गएको उपनिर्वाचनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पछिल्लो समय धरानको विकास, निर्माणलगायतको मुद्दाहरुमा आवाज उठाउने गरेका छन् । तस्बिरहरु:विकास चाम्लिङ राईIMG_0320.psd IMG_0320.psdjh IMG_0340.psd IMG_0347.psd IMG_0349.psd IMG_0355.psd