धरान: धरानमा पनि एक कोरोना संक्रमण भएको पाइएको छ ।
धरानकी एक महिलामा कोरोना पोजेटिभ भेटिएको हो । उनले आफ्नो ठेगाना धरान वडा नं १३ लेखाएकी छिन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन पुगेकी एक महिलाको परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको उच्च स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।