धरान: आज बिहान धरान १५ नौलो पथमा भएको आगलागीमा वृद्ध आमा र छोरीको ज्यान गयो । आगलागीमा परेर ज्यान गुमाउनेमा ८७ बर्षीय वृद्ध आमा धनमाया श्रेष्ठ र छोरी ५८ बर्षीय सीता श्रेष्ठ छिन् ।

यो दुःखद् घटनाका प्रत्यक्षदर्शीमध्य एक हुन्, आगलागी भएकै घरको भुईतलामा भाडामा बस्ने सविता लिम्बु । उनका अनुसार आगो लागेपछि वृद्ध अजी बाहिर निस्किसकेकी थिइन् । तर, घरभित्र छोरी फसेको थाह पाएपछि उनी बचाउनको लागि जादा दुवैको ज्यान गुमेको उनले बताइन् ।

agalagi

स्थानीयका अनुसार छोरीको बोली थिएन भने केही सुस्त अवस्थाकी थिइन् । त्यसैले उनी दिनभरी जसो घरमा कोठाभित्र चुकुल लगाएर बस्ने गर्छिन् । ‘अजीलाई त यहाँ तलसम्म हामीले निकालेका थियौं, तर फेरि जानु भयो, आगो धेरै बलिसकेको थियो, पछि निकाल्नै सकिएन,’उनले भनिन्,‘छोरीले चुकलु लगाएर बस्नु भएको थियो । नत्र दुवै जना बाँच्नुहुन्थ्यो ।’

सविताका अनुसार घटना हुनुभन्दा अघि वृद्ध अजी उनीसँगै कुराकानी गरिरहेकी थिइन् । भोक लाग्यो भनेर माथिल्लो तलामा चढेको उनको भनाई छ । ‘कुराकानी गर्दै थियौं, भोक लाग्यो भनेर माथि चढ्नु भयो । ग्याँस खोल्नु भएछ, तर खुलेन । ओइ के भयो भन्नु भयो । अरु बेला पनि कराउनुहुन्थ्यो,’उनले भनिन्,‘आगो हुर हुर बल्यो । उहाँलाई तल झर्नु भनेर कराए ।’ उनले विजुली सर्ट भएर नभै ग्याँस नै लिक भएर नै आगलागी भएको बताइन् ।

agalagi1 agalagi4