विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् ।

सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको  मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय गरेको तर हालसम्म नदिएको स्मरण गराइन् । श्रेष्ठका अनुसार मंसिर १५ देखि २४ सम्म भएका उक्त प्रतियोगीतामा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ३ लाख रजक पदक ल्याउने खेलाडीलाई जनही २ लाख र कास्य पदक ल्याउने खेलाडीलाई जनही १ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

सरकारले निर्णय गरेर हालसम्म उक्त रकम पुरस्का नदिएको भन्दै खेलाडी निराश भएको बताइन् । उनले राष्टलाई अन्तराष्ट्यि जगतमा चिनाउन खेलाडीले खेलेको भुमिका अहम रहेको भन्दै सोही अनुसार सम्मान गर्न आग्रह गरिन् । साथै उनले खेलाडीलाई खेले जीउने आधार तय गर्नेसमेत सरकारसँग माग गरिन् ।

मुुख्यमन्त्री नामको सडकको विजोक भयो

सांसद उपेन्द्र घिमिरेले मुुख्यमन्त्री नामको सडकको विजोक भएको बताएका छन् । आफ्नो क्षेत्रका दुुइ ओटा सडकको अवस्था नाजकुरहेको भन्दै कि नाम फेरेर वडासदस्य सडक राख्न आग्रह गरे । उनले मुख्यमन्त्री नामक सडकको काम गरिमा अनुसार परिवर्तन होस् भन्ने ध्यानाकर्षण गराए ।

चियाको बजारिकरण राम्रो भएन

सांसद काजिमान कागतेले अहिले चियाको बजारिकरण राम्रो नभएको भन्दै किसानले मुल्या पाउन नसकेको गुनासो गरे । उनले विश्व बजारमा चियाको कपको भाउ नघटेको भन्दै किसानले चियाको मुल्य नपाउने आश्चर्य भएको बताए । ‘बजारिकरण गर्न नसकेको कारण नेपाली चियालाई ठुलो नोक्सान भइरहेको छ,’उनले भने,‘नेपाली अर्थोडक्स चिया कलकत्ता पुुगेर विक्रि हुन्छ । विभिन्न झञ्झट हुन्छ । तर, त्यहि चिया चिनबाट विक्रिवितरण भइरहेको छ । राज्यले त्यसलाई पहल गरिदिनुुपर्यो ।’

विदेशबाट फर्केका युवालाई चिया र कफिमा लगाउन सके जनशक्तिलाई रोजगारी दिन पनि सकिने उनको तर्क छ । पूर्वी पहाडी जिल्लामा राम्रो चिया कफि हुने भन्दै सरकारले चिया कफि कफिको विरुवा र उद्योग स्थापना सम्मका कार्यक्रम ल्याउन सके रोगजारीसँगै विदेशी मुद्रा पनि भित्र्याउन सके बताए ।