बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।

भारतीयीय सञ्चारमाध्यमहरुका अनुसार ३४ बर्षीय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । आज बिहान अबेरसम्म पनि कोठाबाट बाहिर ननिस्के पछि ढोका फोडेर भित्र जादा उनी पासो लागेको अवस्थामा भेटिएका थिए । उनी केही समयदेखि डिप्रेसनको शिकार भएको पनि बताइएको छ ।

शनिबार राती उनीसँग केही साथीहरु पनि रहेको बताइएको छ । बिहान उनका साथीहरुले ढोका फोडेर कोठामा प्रवेश गरको थिए । उनको निधनले बलिउड स्तब्ध भएको छ । राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिक फिल्म एम.एस.धोनीमा मुख्य भूमिका निभाएका थिए। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। पछिल्लो समय उनले ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए।