धरान: संघीय लिम्बुवान मञ्च नेपालले धरान खानेपानी परियोजना असफल भएको दाबी गर्दै अहिले परीक्षण कालमै भएकोले बोर्डमा समायोजन नगर्न माग गरेको छ ।

बिहिबार धरानका मेयर तिलक राई मञ्चका जिल्ला अध्यक्ष अमर इजम र धरान नगर अध्यक्ष सञ्जुहाङ साँवाले संयुक्तरुपमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । मञ्चले परियोजना परीक्षण कालमा नै भएपनि पुर्णरुपमा असफल भइसकेको दाबीसमेत गरेको छ । असफल भइसकेको परियोजनाले धरानको खानेपानी समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न पनि असफल भएको मञ्चको भनाई छ ।

मञ्चले यसअघि सार्वजनिक सुनुवाईमा परियोजनाको तर्फबाट बित्तिय लेखा परीक्षण र प्राविधिक लेखापरीक्षणको सम्पुर्ण विवरणहरु सार्वजनिक नगरेको भन्दै आवश्यक छानबिन गर्नुपर्ने पनि माग गरेको छ । ‘प्रमुख मुद्दा त परियोजनाको ९ महिना परीक्षण काल हो । यो परीक्षण अवधिमा नै संस्थानलाई बोर्डमा गाभ्नु हुदैन,’जिल्ला अध्यक्ष इजमले भने,‘परियोजना असफल भइसकेको छ । यसमा भएको अनियमितताको छानबिन हुनुपर्छ ।’

उपमहानगरपालिका नेतृत्वले जर्बजस्ती बोर्डमा संस्थानलाई समायोजन गर्न खोजेको भन्दै यसले अर्को द्धन्द सृर्जना गर्ने पनि चेतावनी दिएको छ । पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै मञ्चले वेवास्ता गरे जस्तो सुकै कदम चाल्न पनि तयार गरेको चेतावनी पनि दिइएको छ ।

limbuwan1