धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् ।

एसियन गेमकोलागि छनौट भएकी मादेन खेलकुदका सबै गतिविधिहरु रोकिएपछि खिन्न छिन् । यतिबेला नेसनल ट्रेनिङ्ग क्याम्प काठमाडौमा प्रशिक्षणका लागि जानु पर्नेमा कोरोना त्रासका कारण उनी आप्mनो घरको सानो कोठालाई प्रशिक्षण क्याम्प वनाउन बाध्य छिन् । मादेन भन्छिन्–‘एकपटक बिहानै जगिङकोलागि निस्किएको पुलिसले सातो जाने गरि झपार्यो । त्यसपछि त घरको कोठा नै क्याम्प भयो ।’

sina

धरान ५ झोडा पाटा स्थित घरमा प्रशिक्षण गर्दै १३औ सागका स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी सिना मादेन ।


लक डाउनले अभ्यास गर्न नपाएको उस्तै समस्या धरान –१९ दिपेन्द्र चौक निवासी स्वस्तिका तामाङले पनि भोगिरहेकी छिन् । १३आंै साग गेममा तेक्वान्दो पुङसे डवलमा स्वर्ण पदक विजेता उनी पनि एसियाली गेममा छनौट भएर दक्षिण कोरिया (मार्च ६ देखि १४) प्रशिक्षणको लागि जानु पर्ने थियो । तर, लकडाउनले प्रशिक्षण नै रद्ध भयो । नेपालवाट प्रशिक्षणमा जाने तयारी गरिरहेका चार जना मध्ये एक जनामा तामाङ पनि परेकी थिइन् । यतिबेला उनी पनि घरको कोठा र आँगनलाई प्रशिक्षण स्थल बनाइरहेकी छिन् । आउँदो गेमको लागि स्किल वढाउन उनी आफ्नै गेमको भिडियो र युट्युवमा अरुको म्याच हेरेर अभ्यासरत् छन् ।

swastika

प्रशिक्षणको क्रममा स्वस्तिका तामाङ ।


१३ औ सागमा गल्फ खेल टिम गेममा स्वर्ण र सिंगलमा कास्य पदक विजेता शुक्र वहादुर राई र टिम गेममा स्वर्ण पदक विजेता निरज तामाङ पनि लकडाउनको समस्यामा परेका छन । धरान–१९ निवासी प्रो खेलाडी दुवै जनाले भारतमा हुने साग गेमभन्दा माथिल्लो स्तरको प्रतियोगिता पीजीटीआई इन्डियन गल्फ टुरको क्वालिफाइङ्ग गेम खेल्नु छ । तर, अभ्यास अभावका कारण फिटनेस र स्किल खस्किने चिन्ताले सताएको छ ।

16

१३औ सागमा स्वर्ण पदक विजेता धरान १९ निवासि शुक्रवहादुर राई र निरज तामाङ धरान गल्फ कोर्ष मैदानमा ।

१३ औ सागमा फुटवल खेलका स्वर्ण पदक विजेता धरान–१७ का हेमन्त थापा मगर पनि लकडाउनका कारण अधिकांश समय घरको काम गरेर बसिरहेका छन् । नेपालको ए डिभिजन क्लवका व्यवसायिक खेलाडी मगर पनि दैनिक अभ्यास र प्रशिक्षण अभावका कारण फिटनेस र स्किलमा असर परेको बताउँछन् । १३ औं सागमा वास्केटवल खेलका सिल्भर मेडल विजेता डा. आशा राइको पनि स्थिति त्यस्तै छ । उनलाई ओलम्पिक गेमको लागि वास्केटवल टिम सेलेक्सनमा भिड्नु छ । तर लकडाउनका कारण भएको स्किल र फिटनेस पनि खस्किरहेको अनुभव गरिरहेकी छिन् । उनी भन्छिन्–बेलाबेलामा वास्केटवल कोर्ट गएर सेल्फ प्राक्टिस गर्न वाहेक केही गरेको छैन ।

Dr. Asha rai Nationl Player Basketball IMG_1157.psd

१३ औ सागमा सिल्भर मेडल विजेता बास्केटवल खेलाडि डा. आशा राई सेल्फ प्रशिक्षण गर्दै ।

लक डाउनले खेलाडीहरुलाई मात्र होइन धरान उपमहनगरपालिकाका सबै खेलकुद गतिविधिलाई पनि ठप्प बनाएको छ । धरान उपमहागनरपालिकाले आफै आयोजना गर्ने स्कुल ओलम्पिक पनि रोकिएको छ । सो खेलमा करिव ५ हजार विद्यार्थीको सहभागिता रहन्थ्यो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रोकिएर धरान उपमहानगरपालिका खेलकुद समितिले छनौट गरेको खेलाडी पनि अन्यौलमा रहेका छन् । यसकोसाथै विभिन्न खेलकुद सङ्घहरुले गर्न लागेको प्रतियोगिताहरु रोकिएको छ । प्रतियोगिता रोकिएर खेलाडीलाई पर्ने असरबारे धरान उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राई भन्छन्–खेलाडीको फिटनेसको साथै उसको प्रतिभा र उत्साहमा नकरात्मक प्रभाव पार्छ ।

3BoxingIMG_1080.psd

धरान १६ स्थित धरान रंगशालामा रहेको खाली वक्सिङ प्रशिक्षण हल ।

खेलाडी, खेलकुद प्रतियोगितासङ्गै लक डाउनले प्रभावित पारेको अर्काे पाटो हो खेलकुद गतिविधिका लागि छुट्याएको बजेट । खेलकुद गतिविधिकोलागि २ करोड ३२ लाख ५१ हजार ७ सय ५८ रुपैया बजेट छुट्याएकोमा हालसम्म १ करोड २८ लाख ९१ हजार २ सय ५५ रुपैया मात्र खर्च भएको छ । यो खर्च जम्मा बजेटको ४४.५६ प्रतिशत हो । लकडाउनकै कारण धरान–१७ मा बन्न लागेको खेलग्रामको लागि प्रदेश–१ सरकारले ५ करोड रुपैयाँ छुट्टयाए पनि काम रोकिएको छ । धरान –१६ स्थित रङ्गशालाको प्याराफिट निर्माण कार्य पुरा हुन सकेन । धरान–१५ स्थित भक्तराज कन्दङ्वा मेमोरियल क्रिकेट स्टेडियमको काम निर्धारित समयानुसार हुन सकेको छैन ।

2.psd

धरान १३ अमरहाट स्थित अमर सेवा समाज  कर्भड हल लकडाउन अवधिभर हल वन्द हुने सुचना ।


लकडाउन त छदैछ खेलाडी र खेलकुद गतिविधि पनि उसैगरि प्रभावित नै छन् । अब के गर्ने समस्या त छ । तर पनि खेलकुदसङ्ग सरोकारवालाहरु व्यवस्थापनको पक्षमा ध्यान दिदै खेलकुद गतिविधि गर्नु पर्ने बताउछन् । बक्सिङ खेलका प्रशिक्षक अनुप लामा भन्छन्–‘खेलाडीले तीन महिना चुपचाप बस्नु भनेको स्तर शुन्यमा झर्नु हो । त्यसैले व्यवस्थापनको पाटोलाई ध्यान दिदै खेलकुदलाई निरन्तरता दिनु पर्छ ।

तस्विरहरुः बिकास चाम्लिङ राई

4IMG_1003.psd

धरान ९ स्थित वन्द कर्भडहल ।

1Bhaktiraj kandangwa memorial Criket Ground drn - 15.psd

धरान १५ स्थित खोरिया वस्तिमा निर्माणाधिन भक्तिराज कन्दङवा मेमोरियल क्रिकेट मैदान ।

5.psd

लकडाउनका कारण सवै खेल गतिविधि वन्द भए पछि धरान ९ स्थित कर्भडहल वाहिर रहेको टेवलटेनिस वोर्डमा रमाउदै वालवालिकाहरु ।

6

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरलाई क्वाराइन्टाइन वनाइए पछि गेट अगाडि वनाइएको नेपाली सेनाको सुरक्षा पोस्ट ।

7

धरान १६ रंगाशाला परिसर भित्र रहेको सुनसान इन्डोर वास्केटवल कोर्ट ।

8

 धरान १६ स्थित रंगशालामा रहेको खाली फुटवल मैदान ।

15

 लकडाउनको कारण वन्द रहेको धरान १८ विपि स्वस्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको धरान गल्फ कोर्ष ।

11

लकडाउनको कारण वन्द रहेको धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्यापसको बास्केटवल कोर्ट ।