धरान: तलब वृद्धिको माग गर्दै आन्दोलन शुरु गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि १५ प्रतिशत वृद्धि हुने भएको छ ।

आज प्रतिष्ठान पदाधिकारीहरुसँग भएको वार्तामा चिकित्सकहरुको बेसिक तलब १५ प्रतिशत वृद्धि निर्णयसँगै हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि स्टाइपेन्ड वृद्धि हुने प्रष्ट पारेका थिए । उनीहरुले पनि २०७६ साउन १ गतेदेखि लागु हुने गरि १५ प्रतिशतले स्टाइपेण्ड वृद्धि गरिएको प्रतिष्ठानले जनाएको छ । योसँगै हाउस असिफरहरुले आन्दोलनलाई स्थगित गरेका छन् ।

एमबिबिएस पश्चात प्रशिक्षार्थीकोरुपमा कार्यरत हाउस असिफर तथा डेन्टल सर्जनहरुलाई प्रतिष्ठानले स्टाइपेण्ड दिने गरेको छ । सरकारले यो पदको लागि ४५ हजार तलब तोके पनि प्रतिष्ठानमा भने २९ हजार मात्र पाउदै आएका छन् । आन्दोलनरत हाउस अफिसरहरुले सरकारले तोके वमोजिम पाउनुपर्ने माग पनि राखेका थिए । यो मागको बिषयमा भने आगामी सञ्चालक परिषद(सिनेट) बैठकमा प्रस्ताव लैजाने सहमति भएको डा.राहुलले जानकारी दिए । ‘आज वार्ता भयो । हाम्रो स्टाइपेण्ड पनि १५ प्रतिशत बृद्धि भएको र सरकारले तोके वामोजिम दिने कुरा आगामी सिनेट बैठकमा प्रस्ताव लैजाने कुरा भयो,’उनले भने,‘त्यसैले हाम्रो आन्दोलन स्थगित भयो ।’

प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर अग्रवालले पनि एक सुचना जारी गर्दै हाउस अफिसर र डेन्टल सर्जनहरुको १५ प्रतिशतले स्टाइपेण्ड वृद्धि भएको जनाएका छन् । साथै, सरकारले तोके वमोजिमको माग सम्बन्धमा आगमी सञ्चालक परिषद बैठकमा प्रस्ताव लैजाने पहल गर्ने सुचनामा उल्लेख गरिएको छ ।bp-medical-officer