विराटनगर: प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै प्रदेश एकमा संक्रमितहरुको संख्या ६ सय ८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ६ जना, सुनसरीमा २ र झापामा १ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बा¥हदशीमा एक पुरुष रहेका छन ।

प्रदेश १ बाट मंगलबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताए । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।