विराटनगर- प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ ।

बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने भएका हुन् । प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेकोहो । कार्यदलको सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको हो । यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो ।

यी हुन् सम्मानित हुने अन्य श्रष्टाहरु

ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शेर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी सम्मानित हुनेछन् ।

यस्तै, साहित्य र कलातर्फ डीवी किराँती–सोलु, रंगकलातर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकलातर्फ मायाँ पौडेल–मोरङ, गित/संगीत तर्फ वीरध्वज शिवा–मोरङ सम्मानित हुनेछन् । उनीहरुलाई जनही ५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो । श्रष्टाहरुलाई आगामी असार २९ गते सोमबार दिउँसो १ वजे आरोहण गुरुकुल विराटनगरमनुभयो ।