धरान: धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको दोश्रो स्मृति दिवस सम्पन्न भएको छ ।
नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा वुधवार धरान १९ स्थित हरियाली सामुदायिक वनमा स्मृति सभा सम्पन्न भएको हो । हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक रहेको छ भने पार्क पनि निर्माण भइरहेको छ । स्मृति सभा मनाउने क्रममा स्वर्गीय मेयर सुब्बाको अर्धकदको सालिकमा नेकपाका नेता तथा जनप्रतिनिधीहरूले माल्र्यापण गरि श्रृद्धान्जली पनि अर्पण गरेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन एमालेबाट मेयरमा विजयी भएका सुब्बाको बर्षदिन पछि निधन भएको थियो । चुनाव अघि नै उनको दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण गरिएको थियो । धरानमा तत्कालिन एमालेको संगठन वलियो बनाउन उनको महत्वपुर्ण भुमिका रहेको मानिन्छ ।

कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, लहरू जीमीले ३० हजार, फिरोज अलि र जागिर अलिले १० हजार, मैया राईले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर सुब्बाको स्मृति पार्क निर्माणका लागी हरियाली सामुदायिक वनले साढे ३ कठ्ठा जग्गा उपलब्ध गराएको छ । एकवर्ष अघि पार्कमा स्व. सुब्बाको अर्धकदको मुर्ति स्थापना गरिएको थियो । हाल नेकपा पार्टी तथा पार्टी प्रतिनिधीहरूको सहयोगबाट विभिन्न संरचनाहरू निर्माण भइरहेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायि कमिटीका सदस्य तथा प्रदेश नं. १ सांसद भिम आचार्यले स्वर्गीय मेयर सुब्बाले धरानको लागी महत्वपूर्ण योगदान गरेको बताए । मेयर तिलक राईले स्वर्गीय मेयर तारा सुब्बाले देखेको धरानको विकासको सपनालाई निरन्तरता दिइएको बताए ।

स्मृति सभामा नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डल, प्रदेश १ सांसद सावित्री जोशी, उमिता बराइली, नेकपा प्रदेश कमिटी सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो मुकेश, प्रदेश कमिटी सदस्य तथा धरान नगर ईन्चार्ज अइन्द्रबिक्रम बेघा, सुनसरी जिल्ला सचिवालय सदस्य तथा धरान नगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ, सह ईन्चार्ज पदम इस्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सचिवालय सदस्य प्रकाश राई, नगर अध्यक्ष नारायण सुवेदी लगायत विधार्थी नेता तथा बुद्धिजिवीहरूको उपस्थिती रहेको थियो ।
 
                    
		
                                        
                                                                                                
		


		
		
		
		



