धरान: सरकारले यही साउन १५ गतेदेखि होटल, रेष्टुरेष्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सुचनाप्रविधि एवं सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । होटल, रेष्टुरेष्ट खुले पनि भोज, पार्टी, सेमिनार र सामुहिक भेला गर्न भने नपाइने उनले बताए ।

यस्तै, ट्रेकिङ, टा्रभल तथा पर्वतारोहणसँग सम्बन्धित पर्यटन व्यवसाय पनि साउन १५ गतेदेखि नै सञ्चालन हुनसक्नेछन् । खासगरि, ट्राभल र ट्रेकिङ एजेन्सीहरु खोल्न पाइने मन्त्री डा.खतिवडाले जानकारी दिए । हिउदे सिजनको पर्यटन व्यवसायलाई लक्षित गरेर बुकिङ गर्न सक्ने गरि यो व्यवसाय खुला गर्ने निर्णय भएको उनको भनाई छ ।