सुनसरीः सुनसरीको इटहरीमा कपाल काट्ने व्यवसायमा संलग्न व्यवसायीहरुले काम गर्न पाउँ भन्दै आन्दोलन थालेका छन् ।
सरकारले जारी गरेको निर्देशीका बमोजिम सुरक्षाका उपाय अपनाएर कपाल काट्न पाउनुपर्ने र सरकारले उचित सुरक्षाकोव्यवस्थासहित ५० लाखको विमा गरिदिनुुपर्ने व्यवसायीको माग छ । इटहरीको जनता स्कुलमा भेला भएका व्यवसायीले नगरको मुुख्य भाग परिक्रमा गरेका थिए । इटहरी उपमहानगरपालिकाको मुुख्य राजमार्गबाट प्रहरी कार्यालय हुँदै जनता स्कुलको खेलमैदानमा पुुगेका थिए ।
नाइ सँघ प्रदेश १ का अध्इक्ष राजेन्द्र ठाकुरकाअनुसार उनीहरुले सरकारसँग राहतको माग गरेका छन् भने बसोबासको घरभाडा र सलुनको भाडा छुुट गरिदिन सरकारसँग आग्रह गरेका छन् । त्यस्तै स्वास्थ्य सरक्षाका लागि बीमालाई अनिवार्य गर्न भनिएको छ भने लकडाउन खुुलेपनि सलुन व्यवसायको बारेमा नबोलेको सरकारलाई आफ्नो काम खुल्ला गरिदिन माग राखिएको छ ।
प्रदेश १ को धरान, इटहरी र विराटनगरमा सुलुन व्यवसायीले ठुलो रकम खर्च गरेर व्यवसाय सँचालन गरेका छन् । प्रदेश १ मा मात्र यो पेशामा १५ हजारले रोजगारी पाएका छन् भने यहि पेशामार्फत उनहिरुका परिवार आश्रित रहेका छन् ।