धरान: न कुनै औपचारिक समारोह, न आसन ग्रहण वा लामो भाषण । न अतिथिलाई फुलमाला लगाइयो, न त रिबन नै काटियो ।

शनिबार धरानको वडा नं २० र ११ जोड्ने महत्वपुर्ण सर्दु खोलाको पुल तामझामविना सञ्चालनमा आयो । वडा ११ र २० का अध्यक्षद्धयले थोरै मन्तव्य व्यक्त गरे । अनि, धुपवत्ति बालेर धरान २० विष्णुपादुकापटिबाट हिड्दै वडा ११ तर्फ आए । उनीहरुसँग स्थानीयहरु पनि हिडे, र पछि पछि पिकअप र अन्य गाडी लस्करै आए । पुल सञ्चालनमा आउने भन्ने सुनेर ती गाडीहरु स्वतस्फुर्त आएका थिए ।

वडा नं २० का अध्यक्ष मणिराम राईले आजको दिन ऐतिहासिक भएको बताए । युगौंदेखि सर्दु खोलाले विष्णुपादुका, धनकुटा, भोजपुर र खोटांगसम्म हिड्नेले जनधनको क्षति भएको थियो । धेरै अघिदेखि हारगुहार गर्दा बल्ल स्वीस सरकारको सहयोगमा नेपाल सरकारले समयमा नै पुल निर्माण भएको उनले बताए । ‘तत्कालिन जनताको समस्या हेरेर पुल चलाउन सक्नुहुन्छ भनेपछि आजदेखि पुल सञ्चालनमा ल्यायौं, अब हामी धरानसँग जोडियौं, हाम्रो भावना धरानसँग जोडियो,’उनले भने,‘हामीलाई राहत मिलेको छ । यो खोलमा अदुवाको भारी, बेसार, काक्रा, नासपतिको भारी कति बग्यो, अब यो समस्या समाधान भएको छ ।’

sardu-bridge5

उनले यो पुल सरकार र जनताको सम्पत्ति भएकोले स्थानीयले नै जोगाउनुपर्ने बताए । जीवनस्तर माथि उठ्नेछ । उत्पादन भएको कृषिजन्य वस्तु धरानको बजार ल्याउन सहज हुने भएको छ । ‘गलत सन्देश नजाओस्, यो उद्घाटन भएको होइन, जनताको समस्याले गर्दा आजदेखि सञ्चालनमा ल्याएको हो,’उनले भने । वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले अवधिभित्रै पुल निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले पनि बर्षामा अब विष्णपादुका र धनकुटाको पनि कृषि उत्पादन धरानमा ल्याउन सहज भएको बताए ।

sardu-bridge,

sardu-bridge9