सुनसरीः सर्पको टोकइबाट बच्न आवश्यक पर्ने एन्टि स्नेक भनेको नेपालमा पहिलो पटक उत्पादन हुने भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा उत्पादनको सम्पुर्ण कानुनी अनुमती लिइसकेको एन्टि स्नेक भेनम सेरम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्रालिले कानुनी जटिलताको पाटो सकिएको हुँदा अब उत्पादनलाई जोड दिन काम तीव्र रुपमा भएको जानकारी दिएको हो । कम्पनीमै पत्रकार सम्मेलन गरेर यसका सँस्थापक अध्यक्ष लक्ष्मि प्रसाद फुयालले नेपालको मागलाई पुरा गर्ने र अहिले तत्काल ५० देशमा निर्यात गर्ने लक्ष्य कम्पनीको रहेको जानकारी दिए । उनकाअनुसार अहिले नेपालको माग वार्षिक १ लाख भायल रहेपनि नेपाल सरकारले भारतबाट ३० हजार भायल मात्र खरिद गदै आएको छ ।
नेपाली बजारमा १ हजार देखि १५ सय रुपैयाँ पर्ने उक्त औषधी वर्षाको बेला तराई क्षेत्रमा कृषि पेशामा आवद्ध हुने नागरिकलाई बढि आवश्यक पर्छ । विषालु सर्पको टोकाइबाट बच्न अनिवार्य रहने यस्तो औषधी यस अघि कुनै पनि कम्पनीले नेपालमा उत्पादन र विक्रि वितरणका लागि सरकारी निकायबाट अनुमती लिएका थिएनन् ।
कम्पनीले २०७१ सालमै औषधी बनाउने अनुमती लिएपनि त्यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने सर्प पाल्ने लगाएतका विभिन्न कानुनी जटिलतका कारण योजना सफल हुन सकेको थिएन । तर, अहिले नेपाल सरकारले यस कम्पनीलाई राष्ट्यि गौरवको योजनामा समेत राखिसकेको हुँदा आवश्यक कानुनी बाटोसमेत बनाइदिएको छ ।
निजि क्षेत्रको मात्र लगानी रहेको यस उद्योगमा प्राविधिक फिल्डका १० व्यक्तिको लगानी रहेको छ । ४ विगाहा १० कठ्ठा जमिनमा उद्योग विस्ता गरिएको छ भने यसलाई बढाएर १० विगाहा पुुर्याउने कम्पनीको योजना रहेको बताइएको छ ।
औषधी उत्पादन गर्न आवश्यक पर्ने घोडा र सर्प ५,५ सय पाल्ने तयारी रहेको छ । सर्पको विषलाई घोडामा पठाएर त्यसले उत्पादन गर्ने एन्टीबडीलाई ब्लड डोनेर गरेर निकालेपछि ओषधीको कच्चा पदार्थ बन्ने प्राविधिले बताएका छन् । अत्याधुनिक ल्याबमा यसको प्रशोधन गरेर विश्व स्वास्थ्य सँगठनको मापदण्ड अनुसार औषधी निर्माण हुने बताइएको छ । यो औषधीको माग विश्वका १ सय २ देशमा रहेपनि तत्कालत ५० देशमा पठाउन कुुनै कानुनी जटिलता नरहेको कम्पनीको भनाई छ ।
नेपालकै जनशक्ति प्रयोग गरेर सँचालनमा ल्याउन लागिएको उक्त उद्योगको लगानी ८८ करोड ६३ लाख हुने बताइएको छ । वार्षिक १५ लाख भायल उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले सो मुल्य १ अर्व ५० करोडको हुनेछ । भाैतिक संरचनाकाे कामलाइ तीव्रता दिएकाे उद्याेगले कम्तीमा २ वर्ष भित्र अाैषधी बजारमा पठाइसक्ने याेजनाका साथ काम गरिरहेकाे छ ।