धरान:  गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत 'वीर गोर्खाली' म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक शेर्पाले आफ्नै युट्युब च्यानल 'एपी शेर्पा' मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत रहेको छ भने गीतकार टेक तामाङको शब्द रहेको छ । भिडियोमा गायक शेर्पासंगै प्रशान्त तामांग, सिम्रन श्रेष्ठ, सन्ध्या तुम्बाहाम्फे, देवान राई, देछेन शेर्पा, याङ्गछिन् शेर्पा लगायत कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा वरिष्ठ गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन् ।

bir-gorkhali-1

सम्पादन सूर्य लामाको रहेको छ भने छायांकन भुपेन्द्र तुम्बाहाङ्फेले गरेका छन् । देशको सीमा मिचिएको र सरकारले नयाँ नक्सा जारी गरेको परिवेशमा एउटा देशभक्ति गीत तयार गर्ने इच्छा जागेको गायक शेर्पाले बताए । लकडाउन भएको बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीत गर्न अनुरोध गरेर गीत तयार भएको गायक एपी शेर्पा बताउंछन् ।

उक्त गीतको रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो । गायक शेर्पाले यसअघि ‘गरौं सङ्कल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक गरेका थिए । उक्त गीत जस्तै यस गीतले पनि दर्शक/श्रोताहरुको राम्रै साथ/सहयोग पाउने कुरा मा आफु ढुक्क रहेको गायक एपी शेर्पा बताउंछन् ।

गीत/म्युजिक भिडियो :