धरान: आज बिहानै धरान ३ चन्द्रपुरस्थित पालिका तरकारी बजारमा आगलागी भयो । आगोले ११ पसल जले ।

ती पसलहरु सामान्य आर्थिक अवस्थाका परिवारले चलाउदै आएका थिए । लामो लकडाउन पछि बजारमा विस्तारै चहलपहल बढ्दै थियो, त्यसैले उनीहरुले लगानी थपेर सामान ल्याएका थिए । ती सबै जलेर नष्ट भए । उनीहरुले क्षतिपूर्तिको माग गर्दै भानु सब्जी तथा फलफुल व्यवसायी समितिमा निवेदन दिएका छन् । चाडै बजारमा पुर्नस्थापना होस् भन्ने पनि उनीहरुको माग छ ।

भानु सब्जी तथा फलफुल व्यवसायीका अध्यक्ष राजेन्द्र दर्नालका अनुसार आगलागी पीडितहरुले ६७ लाख ५० हजार बराबरको निवेदनसहित क्षतिपूर्तिको माग गरेका छन् । निवेदनको बिषयमा सर्जनिम मुचुल्का गरेर आवश्यक पहल गरिने उनले बताए ।

जिविका चलाउने स्रोत नै गुम्यो

ago1

आगलागी पीडितहरुको आर्थिक अवस्था सामान्य छ । उनीहरु सबैको जिविका यही पसलहरुबाट चलेको थियो । आगोले जलाएर नष्ट गरेपछि उनीहरुलाई अब के गर्ने भन्ने चिन्ताले सताएको छ । विगत २० बर्षदेखि फलफुल तथा कोल्डड्रिंस पसल चलाइरहेकी ज्ञानकुमारी श्रेष्ठले भनिन्,‘यही पसलले जिविका चलेको थियो, भएको सबै जल्यो । अब के गर्ने होला ? यो ठाउँलाई बनाइदिए हुन्थ्यो ।’

ago2

अर्का पीडित प्रेमबहादुर कार्कीले पीडितहरु विचल्ली अवस्थामा भएको बताए । ‘हामीले नगरपालिकामा कर बुझाएका छौं, क्षतिपूर्ति दिनुपर्छ । बजारलाई पुर्नस्थापना गर्नुपर्छ,’उनले भने । कस्मेटिक पसल सञ्चालिका सविना खनाल बेगाले पनि पीडितहरुलाई चाडो पुर्नस्थापना र व्यवस्थापन गर्न माग गरिन् ।

agolagi 1

ago3 ago4 ago6 ago5