धरान: गायिका प्रश्ना शाक्यको नयाँ गीत ‘नयाँ जन्म' को म्यजिक भिडियो तयार भएको छ ।

गायिका शाक्यले यो म्युजिक भिडियो आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् । म्यजिक भिडियोमा धरानका युवा व्यवसायी तथा मोडल सुमिप श्रेष्ठ र मोडल सृजना येङ्गदेनले अभिनय गरेकी छिन् । मोडल श्रेष्ठ चर्चित सुन्दर साउण्ड सर्भिसका म्यानेजर हुन् । म्युजिक भिडियोमा उनको यो अभियान पहिलो हो । भिडियोका निर्माता देवराज याक्खा हुन् । भिडियो धरान र चतराको पर्यटकीयस्थल चतरा वाटरलाइन्स एण्ड रिसार्टमा छायाँकन गरिएको जिमीले बताए ।

गीतमा पुरूषोत्तम लामिछाने र सुगम पोखरेलको शब्द रहेको छ भने सुगम पोखरेलकै संगीत भरेका छन् । ‘नयाँ जन्म' गीत प्रश्नाको तेस्रो एल्वममा समेटिएको गीत हो । ‘गीतको बोल जस्तै म्युजिक भिडियो बने पछि यो गीतले पनि नयाँ जन्म पाएको छ', उनले भनिन्,‘म्युजिक भिडियो तयार गर्ने टिमलाई धन्यवाद छ ।' गायिका शाक्यले निर्देशक एवं मोडल प्रशान्त तामाङ्गले लकडाउनको बेला धरानबाट सुन्दर सृजना गरेर आफुलाई अचम्मित पारेको पनि बताइन् ।