धरान: कोरोना संक्रमणले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका व्यक्तिको श्रीमतिको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ ।

हिजो पौने ५ बजे वीपी प्रतिष्ठानमा मोरङको सुनबर्षी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो । मृतकका श्रीमतिको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरका कोरोना संयोजक डा.लक्ष्मीनारायण यादवले जानकारी दिए । ‘धरानमा मृत्यु भएका व्यक्तिको श्रीमतिको पनि रिपोर्ट हिजो राती पोजेटिभ आएको छ,’डा.यादवले भने,‘उहाँलाई कोशी कोभिड अस्पतालमा राखिएको छ ।’ संयोजक डा.यादवका अनुसार हिजो नै मृतककी श्रीमतिको पनि स्वाब संकलन गरिएको थियो । परिवारका अन्यको पनि स्वाब संकलन गर्नुपर्ने भएकोले आवश्यक तयारी भइरहेको उनले बताए ।