विराटनगर: प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै प्रदेश १ मा संक्रमितहरुको संख्या एक हजार नाघेको छ ।
 प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ । प्रदेशमा परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । 
झापाको मेचीनगरमा ११ पुरुष र २ महिलामा संक्रमण भएको हो भने विराटनगरमा ६ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनबर्षी नगरपालिकामा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



