काठमाण्डौ: गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।

पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन् । गीतमा दिनेश सुवेदीको शब्द, गायक लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन् ।

भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन, कोरियोग्राफी र निर्देशन गरेका हुन् । छायांकन, सम्पादन र कलर आशिष जिम्बाले गरेका छन् । भिडियो गायक गायिकालाई नै देख्न सकिन्छ ।

भिडियो: