विराटनगर: विराटनगरको न्युरो हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

न्युरोमा कार्यरत एक मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएको हो । उनी हस्पिटलको इर्मजेन्सीमा कार्यरत थिए । तीच चिकित्सकलाई संक्रमण पुष्टि भएपछि इर्मजेन्सी कक्ष सिल गरिएको हस्पिटलले जनाएको छ । उनी विराटनगरकै विराट नर्सिङमा पनि काम गर्थे ।

विराट नर्सिङका सञ्चालकसमेत रहेका चिकित्सकलाई संक्रमण भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरेर पिसिआर गर्दा न्युरोमा पनि कार्यरत चिकित्सकलाई कोरोना पोजेटिभ देखिएको हो । ती चिकित्सकलाई शुक्रबार राती नै धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।