धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित: श्रावण १८, २०७७ / 8,546 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । उनीहरु एन्फा क्वारेन्टाइनमा रहदै आएका थिए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखका अनुसार प्रितिभल्वमा काम गर्ने २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । एक जनाको स्थायी घर विराटनगर हो भने अर्का कर्मचारीको स्थायी घर जनकपुर हो । विराटनगर घर हुने धरान १ मा बस्छन् भने जनकपुर घर हुने परिवारसति धरान ८ मा बस्छन् । जनकपुर घर भएका ती कर्मचारीको श्रीमति र दुई छोराछोरीलार्ई पनि संक्रमण पुष्टि भएको छ । यस्तै, भारतीय आर्मी मणीपुरबाट आएर धरान १७ क्वारेन्टाइनमा रहदै गरेकाहरु हुन् । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको पनि महाशाखा प्रमुख मेहताले बताए ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित