धरान:धरान १३ का एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर टेष्टमा ती युवाको रिपोर्ट पोजेटिभ अएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि संक्रमित युवालाई प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ । उनको ट्राभल हिष्ट्रीबारे थप जानकारी आउन भने बाँकी छ । ‘एक जना २८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो, उहाँलाई आइसोलेसन ल्याइसकिएको छ,’प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने ।

डा. सापकोटाका अनुसार ती युवालगायत प्रतिष्ठानमा संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ गरेर स्वाब कलेक्सन भइरहेको उनले जानकारी दिए । 'धेरैको आजै स्वाब कलेक्सन हुदैछ,;डा.सापकोटाले भने ।