विराटनगरः विराटनगरः प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्तालाई कोरोना संत्रमण पुष्टि भएको छ ।

न्यायाधिवक्ता चुडामणी आचार्यसहित परिवारका तीन जनालाई संक्रमण पुष्टि भएको हो । शुरुमा उनी मिडियामा खुल्न नचाहे पनि पछि परिचय खुलाउन सहमत भएका थिए । प्रदेश १ मा उच्च ओहदाका व्यक्तिमा संक्रमण देखिएको यो पहिलो हो । उनलाई कसरी संक्रमण भयो भन्ने प्रष्ट भइसकेको छैन ।

आज उनीसहित विराटनगरमा १८ जनाका सोमवार कोराना संक्रमण पुष्टि भएको विराटनगरका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।कोरोना पोजेटिभ भएकाहरु मध्ये प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ प्रहरी कर्मचारी पनि छन् ।