धरान: धरानमा आज थप एक जना कोरोना पोजेटिभ देखिएको छ ।

प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत ५० बर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । उनका अनुसार ती व्यक्ति धरान १५ मा बसोबास गर्छन् । उनको घर पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्टलाइन निस्कने बाटोमा पर्छ । उनी एभरेलाइनमा पसल पनि चलाउछन् । 

यसअघि कोरोना पोजेटिभ देखिएका धरान १३ का अडिटर युवाको कन्ट्याक ट्रेसिङ गरेपछि उनको स्वाब साउन १६ गते संकलन गरिएको थियो । उनीसँगै ५४ जनाको स्वाब संकलन गरिएकोमा ५१ जनाको रिपोर्ट आइसकेको छ भने अझै ३ जनको आउन बाँकी रहेको मेहताले बताए ।

योसँगै धरानमा कुल कोरोना संक्रमितहरुको संख्या २६ पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने ८ जना धरानमा रहेकाहरु हुन् । धरानमा रहेका ८ जना मध्ये पनि ७ जना प्रिति भल्वसँग सम्बन्धित रहेका छन् । धरान १३ का युवाको कन्ट्याक ट्रेसिङ पछि पिसिआर गर्दा हिजो प्रिति भल्वमा काम गर्ने २ जनामा र एक जनाको परिवारसहित ५ जना संक्रमण पुष्टि भएको थियो । तीनकुनेस्थित औद्योगिक क्षेत्रमा रहेको प्रितिभल्वलाई हिजो साँझ सिल गरिएको छ ।