विराटनगरः भदौ १ गते देखि विराटनगर विमानस्थल संचालनको तयारी पुरा भएको विमानस्थ्ल प्रशासनले जानकारी दिएको छ । 

प्रशासनले आज विमानस्थलमा पत्रकार सम्मेलन गर्दै कोभिड १९ सँग जुुध्दै हवाइ सेवा शुरु गर्ने सरकारको निर्णय अनुसारका सम्पुर्ण मापदण्ड पुरा विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले जानकारी दिएका छन् । विमानस्थलको सुरक्षाका लागि सरसफाइको कामलाई निरन्रता दिइएको छ भने यात्रुु र कर्मचारी आउजाउ गर्ने ढोका अलगअलग बनाइएको छ । त्यस्तै यात्रुुको व्यक्तिगत दुरी कायम गराउन विमानस्थल परिसरमा ५ फिटको दुरी कायम गर्दै मार्किङ गरिएको छ । शौचालयको सँख्या थपिएको छ भने हात धुने वेसिनको सँख्या बढाइएको छ ।

विमानस्थल आउजाउ गर्ने यात्रुुको अनिवार्य तापक्रम जाँच गरिने व्यवस्था छ। कसैलाई उच्च ज्वरो आएमा नगरको स्वास्थ्य समन्वयमार्फत तुरुन्त अस्पताल लग्ने व्यवस्था समेत विमानस्थल प्रशासनले गरेको छ । हाल ४ कम्पनीका ८ उडान हुने पूर्व तयारी रहेको विमानस्थलको भनाई छ ।