धरान: एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को दशरथ पथलाई सिल गरिएको छ ।

तीन जनामा संक्रमण पुष्टि भएकोले अन्यमा संक्रमण फैलिन नदिन उक्त संक्रमित क्षेत्रलाई सिल गरिएको हो । वडा नं १५ को कार्यालय, छिमेकी टोल विकास संस्था र प्रहरीले आज दिउँसो दशरथपथलाई सिल गरेको हो । कोशी राजमार्गमा पर्ने वरगाछीदेखि उत्तर बुढासुब्बा चोक जाने सडक(दशरथ पथ)मुखमा नै प्रवेश निषेध गरिएको छ भने उत्तरतर्फ रेयुकाईको कार्यालयतर्फ जाने बाटोसम्म सिल गरिएको छ । धरान उपमहानगरपालिकामा कार्यरत दशरथपथमा डेरा गरी बस्ने एक महिला कर्मचारीसँगै उनको १० बर्षीय छोरा र ७१ बर्षकी सासु आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

dasratha-pathko

वडा नं १५ का सदस्य ज्ञानेन्द्र बस्नेतले प्रहरी र टोल विकास संस्था सँग समन्वय गरेर उक्त संक्रमित क्षेत्रमा आवतजावत रोक्न सिल गरिएको बताए । साथै, त्यस क्षेत्रका अन्यलाई पनि स्वाब संलकन गरिएकोले रिपोर्ट नआएसम्म र जोखिम न्यनुनीकरण नभएसम्मलाई सिल हुने उनले बताए । छिमेकी टोल विकास संस्थाका अध्यक्ष पुर्ण सुवेदीले संक्रमित भएकाहरुलाई सोधी खोजी गर्न मानिसहरु आउजाउ गर्ने भएकोले संक्रमण फैलिन नदिन प्रवेश निषेध गरिएको बताए । ‘स्वाबको रिपोर्ट आउन लगभल १ हप्ता लाग्ला, त्यतिबेलासम्म बन्द नै हुन्छ,’उनले भने । यसअघि धरान १५ को पिण्डेश्वरी चोक उत्तरको सेन्ट्रल रोड पनि स्थानीय, प्रहरी मिलेर सिल गरिएको थियो । त्यहाँका एकै परिवारका दाजु भाईमा संक्रमण पुष्टि भएको थियो ।

वडा नं १५ मा स्वाब संकलन जारी

wada-15

कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङसँगै क्वारेन्टाइनमा बसेका र रेण्डम मास टेष्टीङको लागि छनौट भएकाहरुको स्वाब संकलन जारी छ । वडा नं १५ को कार्यालयमा सो वडाको मात्र नभै अन्य वडाबाटसमेत स्वाब दिन मानिसहरु आइरहेका छन् । वडा नं १५ का सदस्य ज्ञानेन्द्र बस्नेतका अनुसार वडाको प्रत्येक टोल विकास संस्थाबाट धेरै हिडडुल गर्ने, सम्पर्कमा रहने व्यक्तिहरुलाई टिएलओको रिफारिशमा स्वाब संकलन गरिरहेको बताए । साथै, संक्रमित क्षेत्रको व्यक्तिहरुलाई पनि पिसिआर परीक्षणको लागि स्वाब लिइएको पनि उनले बताए ।