धरान: धरान १५ को एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको साउन २० गते स्वाब लिइएको थियो । उनीसँगै आमा र हजुरआमाको पनि स्वाब संकलन गरिएको भएपनि अहिले ती बालकको मात्र रिपोर्ट आएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अुनसार २१ गते १३० जनाको स्वाब संकलन गरिएको थियो ।

ती बालक धरान उपमहानगरपालिकाकी महिला कर्मचारीको छोरा हुन् । उनको आमा र हजुर आमालाई पनि ज्वारो आएको थियो । आमा र हजुआमाको भने रिपोर्ट आउन बाँकी नै रहेको छ । योसँगै धरानमा कोरोना संक्रमण हुनेको संख्या ४२ पुगेको छ ।