धरान : धरानमा भदौ ३ गतेसम्म लकडाउन लम्बिएको छ ।

कोरोना संक्रमणको जोखिम कम नभएकोले आज बसेको कार्यपालिका बैठकले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको निर्णय अनुसार साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैथियो । लकडाउनको म्याद सकिन लागेपछि आज बिहान कार्यपालिका बैठक बसेर लकडाउनको समय थपेको हो ।

कार्यपालिका सदस्य एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टाराईका अनुसार लकडाउन भदौ ३ गतेसम्म थप गर्ने निर्णय भएको छ । यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको पनि उनले बताए । ‘धरानबाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको छ,’उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण गर्ने तर दोकान खोल्न पाइनेछैन । कसैले ठेक्का हुन्छ, पुर्याउन पाउछ । डोकोमा घरमा तरकारी लैजान पाउछ ।’