धरान: धरान उपमहानगरपालिकाको अनुगमन टोलीले धरान १५ स्थित एक होलसेल पसलबाट १८ क्रेट टमाटर वरामद गरेको छ ।

धरान १५ स्थित साझा होलसेल पसल भित्रबाट उक्त परिमाणको टमाटर बरामद गरेको हो । हिजो उक्त टमाटर साझाले भने आफ्नो नभएको दाबी गरेको छ । लुकाईछिपाई ल्याएर अनधिकृतरुपमा बिक्री गर्न लागेको उक्त टमाटर उपमहानगरपालिकाको टोलीले जफत गरेर सभागृहमा राखेको छ ।

धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार साझा होलसेलले उक्त टमाटर आफ्नो नभएको दाबी गरेको छ । ‘साझाले मेरो होइन भनेको छ । तर, हामीले उसको किलोकाटा पनि जफत गरेर ल्याएका छौं,’सापकोटाले भने । उक्त टमाटरलाई वडा नं १५ मा वरामद भएको हुनाले सोही वडा कार्यालयको रोहबरमा आज उपभोक्ताहरुलाई सस्तो मुल्यमा बिक्री गरिने अनुगमन अधिकृत सापकोटाले जानकारी दिए ।

म्याद गुज्रिएको सामान जफत, तरकारी सस्तोमा बेच्न लागउदै

6

धरान वडा नं १६ मा अनुगमन गरिदै । तस्बिर स्रोत: कविता कार्की

प्रहरी, प्रशासनसहितको अनुगमन टोलीले आज बिहानैदेखि धरान १६ मा अनुगमन गरिरहेको छ । बिहान साढे ९ बजेसम्म एउटा किराना होलसेल पसल र अन्य ४ वटा तरकारी पसलको अनुगमन गरिएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार किराना पसलमा म्याद गुज्रिएको सामान पनि भेटिएकोले जफत गरिएको छ भने सामानहरु सबै सटर भित्र राख्न लगाएर बन्द गर्न निर्देशन दिइएको छ ।

अन्य ४ वटा तरकारी पसलमा भने महंगो मुल्यमा बिक्री गरिरहेको भेटिएको थियो । ती सबै पसलमा स्थानीय टोल विकास संस्थाको पदाधिकारीहरुको रोहबरमा सस्तो मुल्यमा बिक्री गराएको कोइरालाले जानकारी दिए । ‘एक त पसल खोल्नै पाइदैन । तरकारी पनि महंगोमा बिक्री भइरहेको भेटियो,’उनले भने,‘जफत गरेर लैजादा कुहिने भएकोले टिएलओसँग समन्वय गरेर सामाजिक दुरी कायम गराउदै सस्तो मुल्यमा बेचन् लगायौं ।’ उनका अनुसार १२० रुपैया प्रतिकिलो बिक्री भइरहेको टमटरलाई ७० मुल्य कायम गरेर पनि बिक्री गरिएको छ । त्यसरी बिक्री गर्दा पनि व्यापारीलाई घाटा भने नहुने उनले बताए । अनुगमन जारी रहेको पनि उनले जानकारी दिए ।

2 3 5