काठमाण्डौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ।

घिमिरेको १ सय १ बर्षको उमेरमा मंगलबार साँझ ५: ५५ बजे निधन भएको परिवारले जनाएको छ । उनको लैनचौरस्थित निवासमा निधन भएको बताइएको छ । घिमिरे स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । घिमिरेको विसं १९७६ सालमा लमजुङमा जन्म भएको थियो। उनको गौरी शोककाव्य, मालती मङ्गले गीतिनाटक, राष्ट्रनिर्माता, किन्नर-किन्नरी गीतसंग्रह लगायतका कृतिहरु प्रकाशित छन्।