धरानः सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोध जनाउदै धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले आइतबार तालाबन्दी गरेको छ ।

कोरोनाको विषम परिस्थितिमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने र परिस्थिति सहज नभएसम्म सेमेष्टार तहका विद्यार्थीहरुलाई शुल्क तिर्न लगाउने निर्णय सच्याउन माग राख्दै तालाबन्दी गरेको हो । संघले एक विज्ञप्ती समेत जारी गदै अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्नुपर्ने माग राखेको छ । ‘अनलाइन कक्षा अहिलेको समयमा अन्त्यन्त महत्वपुर्ण उपयोगी र आवश्यक भएको अवस्थामा कुनै पनि शुल्क नलिई अनलाइन कक्षा सञ्चालन गर्नका निम्ति नेवीसंघ हाद्र्विक अनुरोध गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

सेमेष्टार तहका विद्यार्थीहरुलाई परिस्थिती सहज नभएसम्म कुनै पनि शुल्क लिन नहुने माग राख्दै तालाबन्दी गरिएको संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका बरिष्ठ उपाध्यक्ष दोर्ची शेर्पाले बताए । ‘क्याम्पसले विद्यार्थीहरुलाई अग्रिम सेमिस्टार शुल् बुझाउन भनेको छ । अहिले कोरोनाको विषम परिस्थितिमा फि लिन हुदैन, संघका क्याम्पस इकाई समितिका बरिष्ठ उपाध्यक्ष शेर्पाले भने,‘पछि सहज भएपछि शुल्क लिनु पर्छ भन्ने हाम्रो माग हो ।’ क्याम्पसले निर्णय तत्कालन नसच्याएसम्म तालाबन्दी कायम राख्ने शेर्पाले चेतावनी दिए ।

यस्तै, अनलाइन कक्षामा सहभागी हुने र सेमेष्टार तहका सबै विद्यार्थीहरुलाई कुनै पनि शुल्क क्याम्पसलाई नर्तिन संघले आग्रह गरेको छ । क्याम्पसले ६ महिनादेखी लकडाउनले बन्दा बन्दी भएको अवस्थामा क्याम्पसले सेमेष्टारका विभिन्न तहहरु एमविविएस, एमए, एमएड, बिबिए, बिबिएस सम्बन्धी ५० प्रतिशत शुल्क तिरेर कनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

mmc-nebi