धरान: धरानमा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढीरहेको छ ।
पछिल्लो २४ घण्टामा नै धरानमा १२ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २ जना डाक्टर, एक जना स्टाफ नर्स, एक जना हेल्पर र एक जना प्लम्बर गरि ५ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये एक डाक्टर र हेल्पर कोडिभ अस्पतालमा कार्यरत थिए ।
यस्तै, धरान ३ मा ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । वीपीको सर्जरी वार्डमा रहेका विरामीको कन्ट्याक ट्रेसिङ गर्दा ३६ बर्षीय पुरुष र ४६, २३ बर्षकी २ जना महिलामा पनि आज बिहान संक्रमण पुष्टि भएको छ । यस्तै, धरान १९ मा २१ बर्षीया एक महिलाको पनि रिपोर्ट पोजेटिभ आएको छ भने धरान १६ का ७८ बर्ष र ७० बर्षका वृद्ध दम्पत्तिमा पनि संक्रमण पुष्टि भएको छ । यसअघि, हिजो साँझ धरान १५ की ५४ बर्षीया महिलाको पनि रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि धरान ६ का १५ बर्षीय बालकमा संक्रमण देखिएको भनिए पछि ती धनकुटाको भएको मेहताले जानकारी दिए ।







