विराटनगरः माेरङका कृषीउद्यमी सराेज नेपालकाे सँयाेजक्वमा साझायुवा संगठन प्रदेश १  घाेषणा भएकाे छ ।

साझा पार्टीकाे युवा संगठन शनिवार भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरिएकाे हाे । सँगठनकाे प्रादेशिक समितिमा प्रदेश १ का १४ जिल्लाकै प्रतिनिधत्व हुनेगरि सहभागीता गराइएकाे नेपालले जानकारी दिए । उनका अनुसार सँगठनलाइ समावेशी बनाइएकाे छ भने क्षेत्रगत प्रतिनिधित्वलाइ सन्तुलितढंगले राखिएकाे छ । अब प्रदेशका हरेक पालिकामा साझापार्टीका युवाहरूलाइ सँगठित बनाउँदै स्थानीय सरकारलाइ खबरदारी गरिनेछ ।

'शुसासन, पारदर्शिता र सन्तुलित विकासमा जनताका प्रतिनिधिले कस्ताेकाम गरिरहेका छन् भन्ने हाम्राे मुख्य निगरानीकाे विषय हाे,'उनले भने 'हामी युवाहरूकाे जाेशिलाे तागतलाइ सहि मार्गमा लगाएर असल समाज निर्माण गर्ने सहि दिशानिर्देश गर्ने काममा लाग्नेछाैँ ।' साझा युवा सँगठनका केन्द्रीय सँयाेजक अब्दुस मियाले नयाँ पार्टीलाइ हेर्ने दृष्टिकाेण फरक रहेपनि समाज रूपान्तरणमा पुराना पार्टीले खेलेकाे भुमिकाप्रति जनताकाे असन्तुष्टि रहेकाे भन्दै अाफ्नाे पार्टीप्रति जनताकाे भराेसा रहेकाे बताए । उनले दलमा अावद्द युवाभन्ने बित्तिकै परम्परागत दलमा अाबद्द युवाहरूकै रूपमा हेरिने हुँदा साझा युवा सँगठनले बिल्कुल नबीनतम् र सृजनशिल काम गर्नुपर्ने धारणा राखे ।

साझा पार्टीका केन्द्रिय सँयाेजक रविन्द्र मिश्रले समावेशीताले समाजकाे हित हुने भन्दै युवा सँगठनमा साेहि अनुसारकाे प्रतिनिधित्व खुसीकाे कुरा रहेकाे बताए । साथै उनले,  जात, क्षेत्र र लिंगकाे राजनीतिले समाजलाइ गलत दिशातर्फ डाेर्याउने भन्दै युवा सँगठनले समाजलाइ विभक्त बनाउने नभइ भलाे चिताउने काममा लाग्नुपर्ने सुझाव दिए । उनले युवालाइ अाउँदाे स्थानीय तहकाे चुनावका लागि तयार रहन अाग्रह गरेका छन् ।

हरेक पालिकामा खबरदारी गर्ने साझा पार्टीका युवा पुग्नुपर्ने भन्दै जनताकाे करबाट सँकलित बजेटकाे दुरूपयाेगलाइ राेक्न खबरदारी गर्ने र अावश्यक परे विराेध गर्न समेत तयार रहन भनेका छन् । 'गाउँ गाउँमा राजनीतिक भागवण्डाकाे अाधारमा विकासका याेजना छुटिने गरका छन्,' मिश्रले भने,'गलत कामलाइ निरूत्साहित गर्नुस् । प्रश्न गर्नुस् ।' कार्यक्रममा प्रमुख वक्ताकाे रूपमा निम्त्याइएका स्वतन्त्र वक्ता रमेश प्रसाइले भने साझा पार्टी जनभावना अनुसार नचलेकाे अराेप लगाएका छन् । विगतमा जनताकाे विश्वास अनुसारकाे व्यवहार पार्टीबाट नभएकाे भन्दै सच्चिएर अघि बढ्न सुझाव दिएका छन् ।