धरान: प्रदेश नं १ को प्रदेशसभा हलको आज शिलान्यास गरिएको छ ।

प्रदेश राजधानी विराटनगरस्थित हालकै प्रदेश सभा भवन परिसरमा नयाँ प्रदेशसभा हल निर्माण हुन लागेको हो । भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल र विवाद पनि अन्त्य भएको छ । यसअघि प्रदेश सभा हल इटहरी सार्ने आवाज उठ्दै आएको थियो । एक कार्यक्रमबीच प्रदेश सभामुख प्रदीप भण्डारीले आज शिलान्यास गरेका छन् । आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने लक्ष्य लिएर हल निर्माण शुरु गर्न लागिएको हो । यो हल धरानको स्वामीनारायण निर्माण सेवा प्रालिले ठेक्का पाएको छ ।

pradesh1

शिलान्यास कार्यक्रमलाई सभामुख भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, अर्थमन्त्री इन्द्र आंबो, प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला, जनता समाजवादी पार्टीका नेता जयराम यादव, जिसस प्रमुख मोरंग नरेश पोखरेल, प्रदेश सभा सचिव गोपाल पाराजुलीलगायतले सम्बोधन गरेका थिए । प्रदेश सभा सचिवालयका अनुसार हल बनाउन भदौ ३० गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी फागुन २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । हलको कुल लागत २ करोड ५१ लाख ८१ हजार ९ सय ७६ ५५ रहेको छ ।