इटहरीः सुनसरीमा साझापार्टी सम्बद्ध युवा सँगठनले कुलमानको पक्षमा प्रदर्शन गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्याकारी प्रमुख रहेका कुलमान घिसिङको केहि दिन अघि मात्रै कार्याकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्न सरकारले आलटाल गरेको भन्दै साझा युवा सँगठनका युवाहरुले प्रदर्शन गरेका हुन् । संगठनका प्रदेश १ सँयोजक सरोज नेपालले सरकारले चुनावमा हारेका,आफन्त र आफ्नो भक्तिगान मात्र गाउनेलाई नियुक्ति गरिरहेको भन्दै घिसिङजस्ता इमान्दार राष्ट्रसेवकलाई पुनःनियुक्ति गर्नुपर्ने बताए ।

दैनीक १८ घण्टासम्म लोडसेडिङ हुने समयमा प्राधिकरणको नेतृत्व हाँक्न आइपुगेका कुलमानले ६ महिना भित्र देशलाई लोडसेडिङमुक्त गराएका थिए । राम्रो छवि बनाएका उनले मुलुक बनाउन इमान्दार र दृढ इच्छाशक्तिभएको नेतृत्व चाहिन्छ भन्ने उदाहारण दिएकोहुँदा उनको पक्षमा साझा पार्टीले देशैभर प्रदर्शन गरिरहेको बताए ।

नेपालले प्रदेश एकको विराटचौकबाट शुरु भएको सांकेतिक आन्दोलन इटहरी हुँदै प्रदेशका मुख्यमुख्य शहरमा जारी राख्ने बताए । इटहरीको आन्दोलन भने इटहरीको मुख्य चौकमा नारा र प्लेकार्ड बोकि केहि बेर धर्ना दिएका थिए भने पूर्वलाइन इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरि छेउबाट नगर पुनः चौकसम्म परिक्रममा गरिएको थियो ।