धरान: भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ ।

उनको उपचारको क्रममा विराटगनरस्थित न्युरो हस्पिटलमा आज बिहान निधन भएको हो । नेकपा भोजपुर जिल्ला कमिटि सदस्य एवं गाउँ कमिटि अध्यक्ष मुक्ति राईका अनुसार उपाध्यक्ष राईको आज बिहान करिब साढे ३ बजेतिर निधन भएको हो । मृतकको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने कार्य भइरहेको पनि उनले जानकारी दिए ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उपाध्यक्ष राई वीपी प्रतिष्ठानमा उपचारको लागि आएकी थिइन् । वीपीले २ दिनअघि न्युरो रिफर गरिदिएको जानकारी आफुले पाएको नेकपा नेता राईले बताए । ‘ठुलो स्वास्थ्य समस्या थिएन, प्राथमिक स्वास्थ्य केन्द्रमा जचाउन जादा अलिक राम्रो अस्पतालमा जानु भन्ने सुझाव दिएपछि वीपी आउनुभएको थियो,’नेता राईले भने,‘आज बिहान निधन भएको खबरले स्तब्ध बनायो ।’