धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले संविधानले पाँचौं वर्ष पूरा गरी छैठौं वर्ष प्रबेश गरेको अवसरमा सन्देश जारी गर्दै प्रदेशबासीलाई शुभकामना व्यक्त गरेका हुन् । सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुख, शान्ति, प्रगति साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा एकता कायम हुन सकोस् भनि शुभकामना व्यक्त गरेका छन् । ‘स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगतिका साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा सहकार्य, एकता एबंम आपसी सद्भावको भावना विकास हुन सकोस् हाद्र्धिक शुभकामना व्याक्त गर्दछु,’सभामुखद्वारा जारी सन्देशमा भनिएको छ ।

उनले सविधान दिवशले समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्नका लागि एकताबद्ध भएर अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् । ‘सामाजिक न्यायमा आधारित समावेशी, समतामुलक समाज निर्माणको परिकल्पनालाई मुर्त रुप दिन समृद्ध नेपाल सुखी नेपालीको साझा लक्ष्य तर्फ अघि बढेको हाम्रो यात्रालाई गन्तव्यमा पु¥याउन यस सविधान दिवशले हामी सबैलाई एकताबद्ध भइ अघि बढ्ने प्रेरणा दिने विश्वास लिएको छु,’उनको सन्देशमा भनिएको छ ।

सभामुख भण्डारीले समृद्ध राष्ट्र निर्माण गर्न पारस्परिक एकता, सहिष्णुता सहकार्य कायम गदै अगाडी बढ्नु आजको महत्वपूर्ण आवश्यकता रहेको पनि उल्लेख गरेका छन् । ‘नेपाली जनताको कठोर संर्घष, त्याग तथा बलिदानबाट सविधान प्राप्त भएको संविधानको पूर्ण कार्यन्वयनद्वारा सामन्ती, निरङकुस, केन्द्रीकृत र एकात्मक राज्यव्यावस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद उत्पीडनहरुको अन्त्य गदै लोकतान्त्रीक मुल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न पारस्परिक एकता सहिष्णुता सहकार्य कायम गदै अगाडी बढ्नु आजको महत्वपूर्ण आवश्यकता रहेको छ ,’ सन्देशमा भनिएको छ ।

 

savamukh