धरान: संविधान दिवसको अवसरमा शनिबार साँझ धरानको विभिन्न स्थानमा दिप प्रज्वल गरिएको छ ।

धरान उपमहानगरपालिकाले पनि उपमहानगर परिसरमा संविधान दिवसको अवसरमा दिपावली गरेको हो । साँझ मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित युवा, विद्यार्थीहरुले दिप प्रज्वलन गरेका थिए । उनीहरुले नेपालको नक्सा बनाएर मैनबत्ति बालेर संविधान दिवस मनाएका थिए । यस्तै, वडा कार्यालयहरुले पनि आफ्नो कार्यालय र चोकहरुमा दिप प्रज्वलन गरे भने भानुचोकमा पनि दिप प्रज्वलन गरिएको थियो ।

संविधानसभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । सोही दिनलाई संविधान दिवसको रुपमा नेपालमा मनाउने गरिन्छ । यद्यपी, मधेशवादी दल तथा पहिचानवादी अभियानकर्मीहरुले भने यो संविधानलाई स्वीकार गरेका छैनन् ।

sambidan1
sambidhan2 sambidhan3

sambidhan5 sambidhan4