धरान: उपचारको क्रममा निधन भएकी भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईलाई धरानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

मृतक राईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र पार्टीको झण्डासमेत ओढाएर सम्मान व्यक्त गरिएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ कमिटि अध्यक्ष देवराज घिमिरेले पार्टीको झण्डा ओढाएका थिए भने सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नम्बर मैदानमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । मृतक राईलाई श्रद्धाञ्जली व्यक्त गर्न सांसद उमिता वराइली, सावित्री श्रेष्ठ जोशी, नेकपा १ नम्बर प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेलगायत नेता, कार्यकर्ताहरु उपस्थित थिए । मृतक राईको पार्थिव शरीरलाई आजै हेलिकप्टरबाट हतुवागढी लगिएको छ । उनलाई गाउँमा नै सँस्कार अनुसार अन्त्येष्टी गरिनेछ । गएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट राई उपाध्यक्षमा निवार्चित भएकी थिइन् । उनको हिजो शनिबार न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

chandrama chandrama3 chandrama2chandrama-6' chandrama-7