धनकुटाः कुुनैबेला बजारमा तयारी अवस्थाका बन्दा बिकेन भने अहिले मुल्य आकासिएको छ ।

धनकुटाको छथरजोरपाटी र महालक्ष्मि नगरपालिकाका किसानले लगाएको सयौँ रोपनीको बन्दाकोभी लकडाउनको समयमा बिक्न नसकेर नष्ट गरिएकाे थियो भने अहिले मुुल्य केजिको ३० रुपैयाँसम्म पाउँदा भने बारि रित्तो छ। छथरकी दीलमाया खड्काले गत असार अन्तिममा बारीको बन्दा त्यसै जोतिदिएपनि अहिले राम्रो भाउ हुँदा छुकछुक लाग्ने गरेको बताइन् । उनले  आफ्नो १० रोपनी जग्गामा लगाएको करिव ४ लाख मुल्य बराबरको बन्दाकोभी नष्ट भएको र आफुजस्तै दजैनौँ किसानले ठुलो मुल्यको नोक्सान बोहोरेको गुनासो गरिन् ।

सरकारले तरकारीको पकेट क्षेत्र घोषणा गरेको स्थानमा अहिले अधिकाँश किसानको मुुख्य आम्दानी स्रोत नै तरकारी खेती र पशुपालन रहेको छ । व्यवसायीक तरकारी खेती गरिरहेका किसानको लकडाउनका कारण लाखौँ नोक्सानी भयो । ठिक दुुइ महिना पछि परिस्थिति उल्टो भएको छ । बारीभरी तरकारी हुँदा कसैले नलगेपनि अहिले व्यापारी घरमै पुुग्न थालेका छन् । पछाडी खेती गरेका केहि किसानले यो बेला २८ देखि ३० रुपैँया केजीमा बन्दाकोभी बेचिरहेका छन्  

बारीमै नष्ट गरिएको बन्दा मल हुने भन्दै काटिए पनि किसानले अहिलेसम्म बारीमा अर्को तरकारी लगाउन पाएका छैनन । बन्दाका कारण बारीको माटो बिग्रिएपछि थप फसल लगाउन नपाएको खड्काले दुखेसो पोखिन् । ‘त्यो बेला कसैले भनिदिएन, आफुले पनि जानिएन,’उनले भनिन्,‘बन्दा नबिकेपनि माटो मलिलो होला भनेको त माटोबाट गिजगिज हिलो पो निस्कयो, अर्को सिजन पनि खेर गयो ।’

bandakovi-clickdharan-dhankuta

कोरोना जोखिम कम भएको भन्दै धेरै पालिकाले सहज बजार व्यवस्थापनको काम थालेका छन् भने सरकारले सवारी सँचालनलाई  सहज बनाएको छ । बजारको चहलपहल बढेसँगै तरकारीको माग पनि बढ्न थालेको छ । तर, मागसँगै उत्पादन पहिलेको जस्तो नभएपछि बजारमा तरकारीको माग ह्वात्तै बढेको सिधुवा कृषि भण्डारका व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।

‘अहिले त मागअनुसार तरकारी दिनै हम्मेहम्मे परिरहेको छ नि,’ उनले भने,‘धेरै किसानको लागनी खेर गएपछि हत्तोसाहित बने, लकडाउनले बिक्रि नहोला भनेर धेरै किसानले बारीमा तरकारी रोपेनन् । गुरुङका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मि नगरपालिकाको करिव १ हजार हेक्टर क्षेत्रफलमा लगाइएको २ करोड मुल्य बराबरको  सिजनका बन्दाकोभी  खेर गएका थिए  ।