धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले आज पनि उपकुलपति कार्यालयअघि प्रर्दशन गरेका छन् ।

बिहानैदेखि भारी बर्षा भएपनि चिकित्सक शिक्षकहरुले उपकुलपति कार्यालयअघि प्रर्दशनलाई जारी राखेका हुन् । मागहरुप्रति वेवास्ता गरेको भन्दै चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले हिजो बिहिबारदेखि पुनः आन्दोलन शुरु गरेको छ । समाजले करिब अढाई बर्षदेखि रोकिएको फ्याकल्टीहरुको बढुवा प्रक्रियालाई अघि बढाउनुपर्ने प्रमुख माग राखेका छन् । तलब वृद्धि गर्ने निर्णय गरेपनि वृद्धि भएको तलब प्रतिष्ठानले उपलब्ध गराएको छैन ।

माग सम्बोधन नभएपछि पुनः आन्दोलनमा उत्रन बाध्य भएको समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताए । ‘हामीले आज पनि उपकुलपति कार्यालय अगाडि प्रर्दशन गर्यौं, माग पुरा नभएसम्म जारी रहन्छ,’उनले भने ।