मोहन श्रेष्ठ

धरान: धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकास्थित आँपटारमा गएको पहिरोबाट विस्थापित पीडितहरुलाई राहत वितरण गरिएको छ ।

टिम नेपो र सिस्टरहुड नेपालले संयूक्तरुपमा पहिरोले विस्थापित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप २ सय केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल र १० केजी न्यूटेला प्रदान गरिएको थियो । उक्त राहत आवश्यकता अनुसार वितरण गर्ने गरि वडा नं २० का वडाध्यक्ष मणिराम राईलाई जिम्मा लगाईएको थियो ।

राहतका लागि आश्यक सामग्री खरिद गर्न रोटरी क्लवमा आवद्ध काठमाण्डौं निवासी प्रधान परिवारले ३० हजार प्रदान गरिएको आयोजक टिम नेपो सुनसरीका प्रतिनिधि प्रज्वल भण्डारीले जानकारी दिए । यस्तै, छोराछोरी नभएका वृद्धबृद्धा धरानका ५ परिवार समेत राहत वितरण गरिएको थियो ।

rahatko-aaptar1

पहिरो जाने क्रममा गत ३ गते मध्याह्न एक्कासी जमिन भासिन शुरु भएको थियो । आपटारका ७ परिवारको घर पुर्णरुपमा क्षति भएपछि विस्थापित भएका छन् । उनीहरुलाई नेपाली सेनाले टेण्ट बनाएर सुरक्षित ठाउँमा राखिएको छ । टिम नेपो एक सामाजिक संस्थाको रुपमा रहेर शिक्षा, स्वास्थ्य, कृर्षि र वातावरणको क्षेत्रमा कर्यरत रहेको छ । कार्यक्रममा सिस्टर हुड नेपालकी सदस्य रोजिना भुजेल, रोटरी क्लव अफ धरानका अध्यक्ष दिपक कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रविन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।