धरान: हिजो शनिबार करिब १२ बजेतिर धरान वडा नं २० स्थित आपटारमा वलबहादुर राई र सृर्जना राईको परिवार खाना खादै थियो । एक्कासी भुई हल्लियो, र घर जमिनभित्र भासियो ।

उनीहरु हत्तपत्त डाँडातिर उक्लिए । के गर्ने, कसो गर्ने भनेर होसै भएन । भ्याए जति सामानहरु उनीहरुले डाँडातिर निकाले । गाई, बस्तु पनि सुरक्षित बनाए । उनीहरुको ज्यान त जोगियो, तर घर जोगिएन । बस्नै नहुने गरि जमिन चिरा पर्यो, र घर पहिलाको भागभन्दा मुनि जमिनतिर भासियो । ‘हिजो राती बाहिर नै सुत्यौं । गाई बस्तुहरु पनि बाहिरै रह्यो,’सृर्जनाले भनिन्,‘के गर्ने, कसो गर्ने, कहाँ जाने अलमलमा छौं ।’

pahiro

वलबहादुर र सृर्जना मात्र होइन, धरान २० आपटारका ७ परिवारको अवस्था एउटै छ । सबैको घर बस्ने नहुने गरि क्षति पुगेको छ भने गरिखाने खेतबारी पनि पहिरोले चिरा चिरा परेको छ । स्थानीयका अनुसार निरन्तर बर्षा हुन थालेपछि जमिनमा अलि अलि चिरा पर्न थालेको थियो । तर, त्यसलाई टाल्दै बसेका थिए । हिजो दिउँसो भने डाँडा नै खसेपछि सबैको घर, खेतबारी, बाटो सबैतिर चिरा परेको छ, र बस्नै नहुने बनाइदिएको छ । केही परिवार एक सातादेखि नै त्रासले घर छोडेर अन्यत्र बस्न थालेका थिए । स्थानीय विन्दुकुमारी राईको ४ जनाको परिवार पनि हिजोदेखि आफन्तको शरणमा पुगेका छन् । ‘हिजो केही सामान ओसार्यौं, अझै निकाल्न बाँकी छ,’उनले भनिन्,‘ज्यान त बच्यो, तर घर भएन । सरकारले हामीलाई सहयोग गर्नुपर्छ ।’

भिडियो:

वडाअध्यक्ष मणीराम राई यसअघि स्थलगत अनुगमनमा आउदा यति ठुलो विपत्ति आइलाग्छ भन्ने नसोचेको बताउँछन् । वडाको विपद व्यवस्थापन समिति बैठक बसेर तत्काल गर्न सकिने सहयोगबारे निर्णय गर्ने र नगरस्तरीय विपद व्यवस्थापन समिति, जिल्लाको समितिसँगै विभिन्न संघसंस्थाहरुलाई सहयोग एवं राहतको लागि पहल गर्ने उनले बताए । ‘जति घर विस्थापित हुनु भएको छ, उहाँहरुलाई कहाँ सार्ने, व्यवस्थापन गर्ने भन्ने समस्या छ,’अध्यक्ष राईले भने ।

pahiro2 1

pahiro4 1 pahiro5 pahiro3 1 pahiro6 pahiro9 pahiro7 pahiro10 pahiro11 pahiro13 pahiro12 pahiro15 pahiro8 pahiro14 pahiro16