धरान: नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाबीच प्रादेशिक कार्यालय स्थापना धरानमा स्थापना गर्नेबारे समझदारी भएको छ ।

उपमहानगरपालिकामा भएको समझदारी पत्रमा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतमले हस्ताक्षर गरेका छन् भने धरान उपमहानगरको तर्फबाट मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार बोर्डको प्रादेशिक कार्यालय धरानमा स्थापना र सञ्चालनको लागि उपमहानगरपालिकाले कार्यालय व्यवस्था गर्नुपर्नेछ । कार्यालयको लागि कम्तीमा २ वटा कोठा भएको घर व्यवस्थापन गर्नुपर्नेछ । धरान उपमहानगरका पर्यटन विकास समितिका सहसंयोजक किसोर थुलुङका अनुसार तत्काल उपमहानगरपालिकाले कार्यालय सञ्चालनको लागि व्यवस्था गर्नेछ भने भविष्यमा जग्गा उपलब्ध भएपछि कम्युनिटी हलसहित कार्यालय भवन निर्माण हुनेछ ।

प्रादेशिक कार्यालयमा मेनेजरस्तरको कर्मचारी रहनेछन् । उनी मातहतमा अधिकृतहरु पनि हुनेछ । मेनेजर स्तरको कर्मचारी रहन्छ । उसको मातहतमा अधिकृतहरु पनि हुन्छन् । ‘अहिले चै कार्यालय व्यवस्थापन गछौं, पछि जग्गा व्यवस्थाप भएपछि कम्युनिटी हलसहित कार्यालय भवन बन्छ,’थुलुङले भने । समझदारी पत्रमा बोर्डको भुमिकातर्फ कार्यालय सञ्चालनको लागि आवश्यक संख्यामा कर्मचारीहरुको प्रबन्ध गर्ने उल्लेख छ । साथै, कर्मचारीहरुको लागि नियमित खर्चको व्यवस्था पनि बोर्डले गर्ने उल्लेख छ ।

tourism-agree5

 

साथै, प्रदेश सरकार, स्थानीय निकायको समन्वयमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, अनुसन्धान, विकास र प्रर्वद्धनमा विज्ञ सहयोग र समन्वय गर्ने पनि उल्लेख रहेको सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । ‘प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धनका लागि मन्त्रालयको समन्वयमा फेम ट्रिपलगायत बजारीकरणका कार्यक्रमहरु आयोजनामा समन्वय र बजारीकरण गर्ने,’समझदारी पत्रमा भनिएको छ,‘प्रदेश तथा स्थानीयस्तरमा सञ्चालन हुने पर्यटकीय मेला महोत्सवको सञ्चालनमा आवश्यक समन्वय र सहयोग गर्ने ।’

पर्यटन बोर्डको प्रादेशिक कार्यालय धरानमा स्थापना हुने भएपछि यहाँका पर्यटनकर्मीहरु पनि उत्साहित भएका छन् । पर्यटनकर्मी वासुदेव वराल यो समझदारी पुर्वको पर्यटनको लागि कोसेढुंगा भएको बताउँछन् । साथै, राज्यबाट उपेक्षित रहेको पुर्वेली पर्यटन र पर्यटकीय गन्तव्यहरुमा अब राज्यको दृष्टि पुग्ने उनको भनाई छ । ‘यो समझदारी पुर्वको पर्यटनको लागि कोसेढुंगा हो,’वरालले भने,‘अब पर्यटन बोर्डको नीति, कार्यक्रमहरुमा पुर्वको प्रत्यक्ष सहभागिता हुनेछ ।’
tourism-agreement

tourism-agreement2 tourism-agrrment1 tourism-agreement2