धरान: धरानमा आज थपिएका कोरोना संक्रमित मध्ये एक जना बैंकका मेनेजर पनि भएको खुलेको छ ।
आज बिहान धरानमा संक्रमण पुष्टि भएका एक दर्जन व्यक्तिहरुमध्ये एक जना एनएमबी बैंक धरानका शाखा मेनेजर पनि छन् । बैंकका मेनेजरलाई संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पुष्टि गरेको छ । महाशाखाका रामबाबु यादवका अनुासर ३८ बर्षीय मेनेजरलाई संक्रमण देखिएको हो । उनी होम आइसोलेसनमा बस्नको लागि आफ्नो घर झापाको विर्तामोड गइसकेको पनि उनले बताए ।
मेनेजरलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि धरानस्थित एनएमबि बैंकको शाखा कार्यालय बन्द गरिएको छ । अर्को सुचना जारी नभएसम्म कार्यालय बन्द गरिएको बैंकमा कार्यरत एक कर्मचारीले जानकारी दिए । 'मेनेजर सरलाई कोरोना भएकोले अर्को सुचना जारी नभएसम्मलाई बैंक बन्द गरिएको नोटिस जारी भएको छ,'ती कर्मचारीले भने,'हामी प्रायः कर्मचारी होम क्वारेन्टिनमा बसेका छौं ।' कर्मचारीहरुको करिब ५ दिनपछि पिसिआर जाँच गरिनेछ । त्यसपछि, उक्त रिपोर्टको आधारमा कार्यालय खुल्ने निश्चित हुनेछ ।
पत्रकार होम आइसोलेसनमा
आज कोरोना संक्रमण पुष्टि भएकामा एक जना धरानका पत्रकार पनि छन् । ती पत्रकार होम आइसोलेसनमा नै बसेका छन् । पत्रकारलाई सम्पर्क गर्दा परिवारभन्दा अलग्गै कोठामा बसेको जानकारी दिएको मेहताले बताए । उहाँ होम आइसोलेसनमा नै बस्नु भएको छ । छुट्टै कोठा भएकोले आइसोलेट भएर बसिसके भन्नु भएको छ, मेहताले भने, हाम्रो उपमहानगरपालिकाको अधिकृत र वडा १६ को इञ्जिनियरलाई आइसोलेसनमा पठाइसक्यौं ।