धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् ।

दैनिक ज्यालादारी कर्मचारीहरुलाई तत्काल करार गर्न माग गर्दै आन्दोलित भएका छन् । उनीहरुले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेष्ट हाउस दुरुपयोग गरेको भन्दै विरोधसमेत जनाएका छन् । साथै, उनीहरुले एक लाखे सल्लाहकार चाहिदैन भन्ने नारासमेत लगाएका थिए । उपकुलपतिका सल्लाहकार भट्टराईको तलब करिब एक लाख हाराहारी भएको बताइएको छ । प्रतिष्ठानका रजिष्ट्रार कार्यालयअघि नाराबाजी पछि दैनिक ज्यालादारी कर्मचारीहले रष्ट्रिार प्रा.डा.मोहनचन्द्र रेग्मीलाई माग पत्रसमेत बुझाएका छन् ।

ज्यालादारी कर्मचारीहरुले २ बर्ष समय पुगेका कर्मचारीहरुलाई तत्काल करार गर्न, जोखिम भत्ता उपलब्ध गराउन, करारलाई परर्फमेन्स करार गर्न, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाडो गर्न पनि माग गरेका छन् । साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरुलाई पनि तुरुन्त कोठा उपलब्ध गराउन, मनपरि सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपायोग बन्द गर्नलगायत माग गरेका छन् । प्रतिष्ठानमा दैनिक ज्यालादारी एक सय २० जना जति कार्यरत छन् ।

bp-karma

प्रतिष्ठानका जुनियर फोरम्यान किरण भट्टराईले एक साताको अल्टिमेटम दिदै माग पुरा हुने ग्यारेण्टी नभए अनसन बस्ने चेतावनी दिए । एक साताभित्र माग पुरा गर्ने प्रक्रिया शुरु भएको जानकारी नदिए कडा आन्दोलन हुने उनले बताए । कर्मचारीलाई तलब खुवाउन नसकेको भन्ने तर पदाधिकारीले कर्मचारी भर्ना गरिरहेको भन्दै विरोध जनाए । सल्लाहकारलाई गेष्ट हाउसमा राखेर खर्च गर्ने, गाडी दुरुपयोग गर्ने काम भइरहेको पनि उनले बताए । ‘भिसिको सल्लाहकारलाई यत्रो दिनसम्म गेष्ट हाउसमा राखेर खुवाउन मिल्दैन । मोवाइल पनि १ लाख २७ हजारको आइफोन किनेर चलाउन पाइदैन । हाकिमहरु गाडी सब्जी किन्न, माछा किन्न कोशी जाने गरेको छ, त्यो रोकिनुपर्छ,’उनले भने ।

रजिष्ट्रार डा.रेग्मीले ज्यालादारी कर्मचारीहरुबारे छलफलमा रहेको बताए । कतिपय माग पदाधिकारीहरु बसेर समाधान गर्न सकिने उनको भनाई छ । रजिष्ट्रार डा.रेग्मीले कोरोना विमा भइसकेको उल्लेख गर्दै प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भए पनि दशैं पेस्की र असोजको तलब समयमा नै खुवाउने प्रयास भइरहेको पनि बताए । जाजय मागहरुमा समर्थन जनाउदै डा.रेग्मीले यथासक्य चाडो समाधान गर्ने बताए ।