धरान: नेपालीहरुको घर घरमा दशैं आइसक्यो, तर कोरोना कहर यस्तरी बज्रिरहेको छ कि यसपाली दशैं आम नेपालीहरुको लागि भने पीडा बोकेर .आए झैं बनिरहेको छ ।

चाडपर्व जति नजिकिदै छ, नेपालमा कोरोना संक्रमणको दर र मृत्यु हुनेहरुको संख्या पनि बढ्दो क्रममा छ । धरानमै पनि दिनहुँ सय भन्दा माथिको संख्यामा संक्रमित थपिएका छन् भने मृत्यु हुने संक्रमितहरुको संख्या पनि बढ्दो छ । सरकारले पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिरहेको यो बिषय परिस्थतिमा निम्न आय भएका मानिसहरुले कसरी दशैं मनाउला ? दशैं त परको कुरा भयो, अहिले दैनिक गुजारा कसरी गरिरहेको होला ? यसतर्फ न संघीय सरकारले ध्यान पुर्याउन सकेको छ, न प्रदेश वा स्थानीय सरकारले ।

wada-9' 1

तर, धरान उपमहानगरपालिकाको ९ नम्बर वडा कार्यालयका जनप्रतिनिधिहरु भने अपवाद बनेका छन् । उनीहरुले दशंैमा आफ्नो वडाका विपन्न, गरिब परिवार भोकभोकै बस्न नपरोस् भनेर घर घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरेका छन् । यो राहत उनीहरुले वडाको बजेट वा कोही अन्य व्यक्तिहरुसँग मागेर दिएका होइनन् । वडा ९ का जनप्रतिनिधिहरु आफैले नै पैसा हालेर राहत वितरण गरेका हुन् ।

वडा अध्यक्ष रत्न कटवालका अनुसार चाडपर्वमा वडाका विपन्न, गरिब परिवारलाई भोकै बस्न नपरोस् भनेर राहत वितरण गरिएको बताए । ‘अतिविपन्न, गरिब परिवार यो दशैंमा भोकै बस्नु पर्छ कि भनेर हामी जनप्रतिनिधिको सक्रियतामा राहत वितरण राखेका हौं,’ अध्यक्ष कटवालले भने,‘१० केजी चामल, हरियो सब्जी छ, दाल, तेल र नुन छ । घर घरमा पुगेर दिन्छौं ।’

wada-9, 2

वडाका सय परिवारलाई राहत विरतण गर्ने लक्ष्य राखिएको अध्यक्ष कटवालले बताए । उनका अनुसार आज (मंगलबार) तत्काललाई ६५ जनालाई राहत दिइएको छ । कसैले पनि राहत चाहियो भनेर माग नगरेता पनि घरदैलोको क्रममा वडाबासीहरुको घरमा पुग्दा समस्या भएको थाह पाएपछि वडाका जनप्रतिनिधिहरुले राहत वितरण गर्ने सल्लाह गरेको उनले बताए । ‘घरदैलोमा जादा अवस्था बुझेर राहत दिने सल्लाह गर्यौं । यो जनप्रतिनिधिहरुको आफ्नै स्रोतबाट हो । वडाको बजेट होइन, व्यक्ति कसैले दिएको पनि होइन,’अध्यक्ष कटवालले भने,‘नाम टिपेका छौं, घर घरमा पुर्याएर दिन्छौं ।’

भिडियो :