धरान: नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ। यसैगरि, पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँग अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।